८ पुष २०८२, मंगलवार
बैंक–वित्त

भारतले दियो ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस

३१ असार, काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघ संस्थालाई उपहारस्वरुप ती बस र एम्बुबलेन्स प्रदान गरेको हो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे ।

सो समारोहमा विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवीको उपस्थिति थियो ।

सोही अवसरमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनता-जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताए ।

मन्त्री राईले नेपालको हिमालदेखि तराईसम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रशंसा गरे ।

समारोहमा बोल्दै राजदूत श्रीवस्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए । उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिए ।

लामो इतिहास र विरासत बोकेको तथा नेपालका धेरै जसो भूभागमा फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उनले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)