११ मंसिर २०८२, बिहीबार
राजनीति

पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोकौं : अजयबाबु शिवाकोटी

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता अजयबाबु शिवाकोटीले
अख्तियारको प्रमुख आयुक्त र आयुक्तमा पूर्वकर्मचारीलाई लैजान रोक्‍नु पर्ने बताएका छन् ।

केन्द्रीय सदस्य शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्‍दै पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोक्नुपर्ने र राजनीतिक संरक्षणमा हुने साँठगाँठको भण्डाफोर गर्नु पर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पुर्याएर पूर्व कर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गरौं। आफूलाई र आफ्नालाई बचाउने नाममा राजनीतिक संरक्षणमा हुने यस्ता सॉंठगाँठको भण्डाफोर गरौं। ‘

उनले राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरु त्यहाँ पुगेपछि कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पति कुम्ल्याउन मात्र लागेको आरोपसमेत लगाएका छन् । अख्तियारकै पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरु पनि जेल जाने अवस्था किन आइरहेको भन्‍दै उनले प्रश्नसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरू आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पति कुम्ल्याउन मात्र लागेको एक पछि अर्को घटनाक्रमले देखाएको छ। नत्र अख्तियारकै पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरु पनि जेल जाने अवस्था किन आउथ्यो?’

स्वार्थ बाझिने पूर्वकर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गर्नुपर्नेमा उनको जोड छ। उनले भनेका छन्, ‘ स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पुर्याएर पूर्व कर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गरौं। भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि सहकार्य गरौं।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।