१९ कार्तिक २०८२, बुधबार
समाज

‘गरी खान देऊ’ भन्‍दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

२७ असार, काठमाडौं । काठमाडौंमा सञ्चालित साना व्यापारी र व्यवसायीहरुले गरीखाने वातावरण बनाइदिन माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

आज बिहान सुन्धारास्थित महानगर कार्यालय अगाडि भेला भएकाहरुले गरीखान देऊ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीहरु ठेलागाढा, साइकल र पुटपाथमा व्यापार गर्नेहरुविरुद्ध निर्मम ढंगले प्रस्तुत हुँदै आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिने नाममा नगरप्रहरीहरुले लछारपछार गर्ने र सामानमा क्षति पुर्याइदिने गरेको गुनासो व्यापारीहरुको छ ।

महानगरको यस्तो शैलीबाट दैनिक गुजारा चलाउन कठिन भएको भन्दै उनीहरु आज बिहान महानगरपालिका कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीतसमेत गाएका थिए ।

काठमाडौं शहर सम्भ्रान्त वर्गको लागि मात्र भएजस्तो व्यवहार गरिएको भन्दै उनीहरुले यो शहर कसको लागि हो भनेर पनि प्रश्न गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व