७ पुष २०८२, सोमबार
समाज

एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ

२२ असार, काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स)का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहले जानकारी दिए ।

यही मुद्दाका अर्का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व