७ पुष २०८२, सोमबार
राजनीति समाज

सरकारले गर्‍यो ८ जना सचिवको सरुवा, २ लाई जिम्मेवारी

५ साउन, काठमाडौं । सरकारले ८ जना सचिवहरुको सरुवा र २ जनाको पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवा र पदस्थापनको निर्णय गरेको हो ।

बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ ।

सरकारले बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा पठाएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

खेलकुद मन्त्रालयका सूर्य गौतम निर्वाचन आयोगमा सरुवा भएका छन् । निर्वाचन आयोगमा रहेका गोकर्णमणि दुवाडी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव तोयम राया प्रधानमन्त्री कार्यालय अन्तर्गतको तथ्यांक कार्यालयमा सरुवा भएका छन् ।

रामप्रसाद थपलियाले अवकाश पाएपछि तथ्यांक कार्यालयमा सचिव पद रिक्त थियो । कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपी खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

केही दिनअघि बढुवा भएका सचिव घनश्याम उपाध्याय बाग्मती प्रदेश र लक्ष्मी बस्नेत गण्डकी प्रदेशमा सरुवा भएका छन् । बिहीबार नै कानून मन्त्रालयका सचिव धनराज ज्ञवालीले उमेरहदका कारण अवकाश पाएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व