४ फाल्गुन २०८२, सोमबार
बैंक–वित्त

पहिरो पन्छाउनै मुस्किल, २० घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

१५ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।

विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । पहिरो भएको ठाउँमा खटिएका पण्डितका अनुसार ठाडो भिर भएकाले माथिबाट कहिले सानो त कहिले ठूलो पहिरो झरिरहेको बताए ।

‘सिमसिम पानी परेकाले विस्तारै खसिरहेको छ, बरु ठूलो पानी आइदिए एकैपटक हुन्थ्यो, सफा गर्न पनि सजिलो हुन्थ्यो, पहिरो खस्दाखस्दै कसरी सफा गर्ने निकै समस्या भयो,’ पण्डितले भने, ‘दुवैतर्फबाट सफा गर्न भनेर डोजर राखिएको छ, अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन थालेका छौं । तर पहिरो कतिबेला पन्छाउन सकिन्छ भनेर एकिन गर्न सक्ने अवस्था छैन ।’

सडक पहिराले अवरुद्ध हुँदा यातायातका साधन र यात्रुहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको प्रहरी प्रवक्ता पण्डितले बताए । मुग्लिन नै जाम हुने अवस्था आएको उनको भनाइ छ ।

पोखरातर्फको क्षेत्रमा जाने सवारी साधनलाई निर्वाध चल्न दिन अधिकतम प्रयास गरिएको प्रहरीको भनाइ छ । मुग्लिन–नारायणगढ भएर चल्ने सवारी साधनलाई भने वैकल्पिक सडक भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ ।

सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि नसकेपछि विस्फोट गराउनुपर्ने निष्कर्ष निकालेर भारतीय दूतावासमा विस्फोटक पदार्थ ल्याउने अनुमतिका लागि फाइल पठाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)