६ मंसिर २०८२, शनिबार
समाज

नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

११ असार, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले अनलाइनखबरलाई बताए । ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी बनाइएको रिजाल बताउँछन्।

‘प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई पक्राउ गरिएको हो’, रिजालले भने, ‘उनलाई जिल्ला अदालत, काठमाडौं पेश गर्छौं।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूली गरेको प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो। त्यसबेला १६ जना मात्रै पक्राउ परेका थिए। पछि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले १ असारमा आदेश दिएको थियो।

प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो।

प्रकरणका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा लगायत अझै फरार छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व