१८ फाल्गुन २०८२, सोमबार
बैंक–वित्त

देशभर यी क्षेत्रहरूमा छ बाढीको जोखिम, सतर्क रहन आग्रह

११ असार, काठमाडौं । मनसुनी वायुको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेका छन्। वर्षाका कारण सानाठूला नदीहरूमा पानीको बहाब बढिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा मौसम विज्ञ शान्ति कँडेलका अनुसार आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ।

महाशाखाले आज सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स-साना नदीहरूमा आकस्मिक  बहाबको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै पाँचथर, रसुवा, धादिङ, नुवाकोट, गोरखा, सल्यान, रोल्पा, रूकुम पश्चिम, जाजरकोट र आसपास भइ बहने  केही स- साना नदीहरूमा बहाब  बढ्न सक्ने पूर्वानुमान छ।

महाशाखाले  आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)