७ पुष २०८२, सोमबार
समाज

गैरआवासीय नेपाली नागरिकताका लागि समय लाग्ने

८ असार, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेसँगै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ ।

उनीहरुले नागरिकता प्राप्तिका लागि दिएको निवेदन शुक्रबार विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले दर्ता गरेका छन् । झापामा मात्रै ३०० वटा निवेदन दर्ता भएका छन् ।

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा गैरआवासीय नेपालीलाई समेत नागरिकता दिने व्यवस्था गरेको छ ।

राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था ऐनमा छ ।

तर ऐन कार्यान्वयनको बाटो खुलेपनि तत्काल गैरआवासीय नेपालीले यो अधिकार तत्काल उपभोग गर्न पाउने छैनन् । गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटवालका अनुसार, गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिने सम्बन्धमा नागरिकतासम्बन्धी नियमावलीलाई संशोधन गर्नुपर्ने भएकाले थप केही समय लाग्नेछ ।

‘आइतबार यस विषयमा कानून शाखासँग छलफल गर्दैछौं, त्यसपछि नियमावली संशोधन वा कार्यविधि बनाएर कार्यान्वयनमा जान्छौं’, उनले अनलाइनखबरसँग भने ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व