१ फाल्गुन २०८२, शुक्रबार
बैंक–वित्त

चर्चित भ्रष्टाचार काण्डको छानबिन गरिहालौं : अर्जुन नरसिंह केसी

८ असार, काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘ देशमा चर्चित भएका ८/१० वटा भ्रष्टाचार काण्डहरु जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरी ठूल्ठूला भाषण गरेर त्यसका बिरोधमा बोल्दाखेरी धेरै ताली लिए, ति भ्रष्टाचार काण्डहरु अहिले कहाँ गए ? वाइडबडीदेखि लिएर ३३ केजी सुनसम्म ? त्यसलाई सर्वदलिय सहमति गरेर, कहिलेदेखिको गर्ने समय सीमा गरोस् सरकारले।’

उनले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलिय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने बताए। उनले पछिल्लो समयको भ्रष्टाचार काण्डहरुको भने छानबिन गरिहाल्नुपर्ने बताए।

उनले भने, ‘म प्रधानमन्त्रीलाई के भन्छु भने समय सीमा कति सालदेखि कसका सम्पती जाँचबुझ गर्ने त्यो समय सिमा सबैको सल्लाह गरेर राखियोस्।’

उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्ने बताए ।

उनले भने, ‘तर सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी रुपबाट शक्ति सम्पन्न आयोग गठन गरेर यी चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन हामी गर्नसक्छौँ कि सक्दैनौँ।’

उनले नयाँ पार्टीहरु पनि शक्तिकेन्द्र र वृद्धतन्त्रभित्र फस्छन् कि भन्ने आशंका व्यक्त गरे। उनले भ्रष्टाचारलाई संरक्षण गर्ने दल वा सरकार आगामी निर्वाचनमा बढारिने बताए।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)