५ पुष २०८२, शनिबार
समाज

सीमाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्छ : रघुविर महासेठ

८ असार,  काठमाडौं। नेकपा एमालेका सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् ।  

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो। त्यसैले यो सरकारले पुनः यसमाथि विचार गरोस्।’

छिमेकी देशले हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको भन्‍दै नापीका हाकिमहरुलाई समेत थाहा नभएको गुनासो गरे ।

उनले भने, ‘हाम्रा सिमाना दिनप्रतिदिन छिमेकी देशहरुले मिचिरहेको छ। पहिला त्यस्तो स्थिति थिएन। आज हामीले जसलाई जिम्मा लगाएका छौँ, कहीँ कहीँ नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ। हिजो मैले के, कसरी सही गरेँ उहाँहरुलाई थाहा हुँदैन।’

उनले पुराना हतियारहरुलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘पच्चिसौँ, पचासौँ वर्ष पुराना हतियारहरुलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरुलाई हतियारतिर पनि सरकारले ध्यान दिनुपर्छ।’

नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने उनको भनाइ छ ।

उनले भने, ‘उहाँहरुलाई उहाँहरुसँग सम्बन्धित उद्योग, व्यापार बाहेक अरु उद्योग व्यापारमा लगाउनु हुँदैन।’

उनले नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवद्र्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्न तर्फ परिचालन गर्नुपर्ने बताए।

‘सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नतर्फ परिचालन गर्नुपर्छ। नेपाली सेनालाई आधुनिकीकरण गर्नुपर्छ।’ उनले भने ।

कारागार सुधार गृहको रुपमा विकास हुन नसकेको भन्दै कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व