२९ आश्विन २०८२, बुधबार
समाज

ललितपुरको नीति : सत्यमोहन एकेडेमी स्थापना, पाटन दरबारमा गाडि निषेध

६ असार, काठमाडौं। ललितपुर महानगरपालिकाले विकास आयोजनाहरु आयोजना बैंकमार्फत सञ्चालन गर्ने भएको छ। बुधबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर चिरिबाबु महर्जनले आयोजना बैंकबाट योजनाहरु छनौट गरी बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रणाली बनाउने बताए।

महानगरपालिकाले ४०-६० को अवधारणामा भइरहेको जनसहभागिताको आधारमा आयोजना निर्माणको नीतिलाई पनि निरन्तरता दिने बताएको छ ।

ललितपुरले अत्यावश्यक बाहेक अन्य कार्यालय सञ्चालनको लागि भवन भाडामा नलिने नीति लिएको छ। 

यस्तै सबै वडामा सार्वजनिक शौचालय निर्माण गर्ने, परम्परागत पानीको मुहानहरु संरक्षण गर्ने, ‘ग्राउण्ड वाटर रिचार्ज’ लाई अभियानको रुपमा अगाडि बढाउने महानगरले घोषणा गरेको छ।

ललितपुरले महानगरले काष्ठकला, धातुकला, प्रस्तरकलासँग सम्बन्धित श्रमिकहरुको लगत सहितको श्रम बैंक निर्माण गरेर सम्पदा संरक्षणका आयोनाहरुमा परिचालन गर्ने भएको छ ।  खोकना र बुङ्मती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, पाटन दरबार क्षेत्रमा साइकल र पैदलयात्रु मात्रै प्रवेश गर्न दिने ललितपुर महानगरपालिकाको नीति छ ।

ललितपुरले सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श दिने भएको छ । नीति कार्यक्रममा विद्यालयस्तरमा व्यवहारिक शिक्षाका लागि पढ्दै कमाउदै कार्यक्रम लागु गर्ने घोषणा गरेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रमा सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै सरोकारवाला संघसंस्थाहरुको सहकार्यमा स्व. सत्यमोहन जोशी ऐकेडमी स्थापना गर्ने भएको छ ।

अभिभावक प्रति छोराछोरीको कर्तव्यबोध गराउन विद्यालयस्तर देखिनै ललितपुरले नैतिक शिक्षा प्रदान गर्ने नीति लिएको छ ।

महानगरले संस्थागत विद्यालयमा समेत अनिवार्य निशुल्क सेनेटरी प्याड राख्नुपर्ने नीति ल्याएको छ । युवाको विकासको लागि भन्दै ललितपुरले युवा परिषद् गठन गर्ने घोषणा गरेको छ । ललितपुरले ‘पाटन सिटी डजनट स्लिप’को अवधारणा अनुसार पर्यटकीय आकर्षित गरिने घोषणा गरेको छ । 

हेर्नुस पूर्णपाठ

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व