१० पुष २०८२, बिहीबार
बैंक–वित्त

नागरिकता पीडितको आन्दोलनमा प्रहरीले गर्‍यो हस्तक्षेप

५ असार, काठमाडौं।नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।

मंगलबार भने प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तान नागरिकताविहीन छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)