१७ पुष २०८२, बिहीबार
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा ३१ जेठको दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदले प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गर्न प्रदेशसभालाई निर्देशनसमेत दिएको छ ।

कोशीमा नेकपा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टी बाहिरिएको छ । त्यसैले हिक्मत कार्की नेतृत्वको सरकार हाल अल्पमतमा छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व